Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

  • आइतवार, श्रावण ७ २०८०

  • 920
    SHARES

  • राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने
    काठमाडौं । राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
     
    मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयनमा समन्वय गर्ने बताएको छ ।
     
    बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाबीच ग्राहकको सूचना आदान प्रदान गर्ने कामलाई सहज बनाउन र राष्ट्रिय परिचय पत्रलाई समेत समेट्न केन्द्रीय ग्राहक पहिचान प्रणालीमा जान लागिएको राष्ट्र बैंकको भनाइ छ ।


    आइतवार, श्रावण ७ २०८००२:५३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij