Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कम्युनिस्ट एकतामा चीनको शुभेच्छा रहनु स्वाभाविक : माओवादी नेता शर्मा

कम्युनिस्ट एकतामा चीनको शुभेच्छा रहनु स्वाभाविक : माओवादी नेता शर्मा

  • सोमवार, श्रावण ८ २०८०

  • 679
    SHARES

  • कम्युनिस्ट एकतामा चीनको शुभेच्छा रहनु स्वाभाविक : माओवादी नेता शर्मा
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिननाथ शर्माले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता युआन च्या च्युनसँग दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘चिनियाँ नेता च्युन श्रीलंका आउँदा यता हाम्रा शीर्ष नेताहरूलाई भेट्न आउनुभएको हो । उहाँले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का मात्र होइन, जुम मिटिङमा हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि कुराकानी गर्नुभयो । पार्टी टु पार्टी सम्बन्धलाई निरन्तर व्यवस्थित गर्ने र अनुभव आदानप्रदान गर्ने कुरा भए।’ 
     
    नेता शर्माले कम्युनिस्ट एकतामा चीनको शुभेच्छा रहनु स्वाभाविक भएको पनि औंल्याउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे सरकारले कार्यक्रम बनाइरहेको पनि शर्माले बताउनुभयो ।
     
    बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकता गरेर नेकपा (समाजवादी) बनाउन खोज्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भन्नुभयो, ‘एकताको कुरा पहिलेदेखि नै चलिरहेको हो । बाबुरामजी  समाजवादी मोर्चामा आउनुपर्थ्यो, आउनुभएन । राजनीतिमा सम्भव कुरा असम्भव हुन्छ, असम्भव कुरा सम्भव पनि हुन्छ । एउटै गर्भबाट जन्मेका दलहरू अलग अलग चुलोचौको गरेर सानातिना ताउली बसाल्नुपर्ने आवश्यकता छैन । बाबुरामजीलाई एकताबद्ध गर्ने हाम्रो सोच छ ।’
     


    सोमवार, श्रावण ८ २०८०१०:२५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij