Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

  • बिहिवार, श्रावण ११ २०८०

  • 486
    SHARES

  • मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित

    काठमाडौं । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ ।

    राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई बिहीबार राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

    अब राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ ।


    बिहिवार, श्रावण ११ २०८००२:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij