Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी

सुन तस्करी प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी

  • बिहिवार, श्रावण ११ २०८०

  • 663
    SHARES

  • सुन तस्करी प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी

    काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो ।

    त्यसक्रममा केही बाकसहरु विभागले बरामद गरेको छ । तर, त्यसमा सुन भने भेटिएको छैन ।

    घरलाई अहिले विभागले शिल गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।

    विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।


    बिहिवार, श्रावण ११ २०८००५:२२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij