Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि कार्की निवास पसे...

मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि कार्की निवास पसे...

  • शुक्रवार, श्रावण १२ २०८०

  • 1.5K
    SHARES

  • मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि कार्की निवास पसे...

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आइनसकेको बहाना बनाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कमचलाउ मुख्यमन्त्रीको रूपमा पद बहाल गराउन अटेर गरेका छन् ।

    सर्वोच्चको आदेशसँगै आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै कार्की मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, पूर्णपाठ नआएको भन्दै मुख्यमन्त्री कार्यालयका कर्मचारीले पद बहाल गर्ने तयारी नगरेपछि कार्की मन्त्रालय नगई निवासमा गएका छन् ।

    कार्की आजै काठमाडौंबाट विराटनगर गएका थिए । कार्की विराटनगर आउँदा मुख्यमन्त्री कार्यालयले गाडीसमेत पठाएको थिएन ।

    कार्की एमाले संसदीय दलको नेताको रूपमा दिइएको गाडी लिएर निवास गएका छन् । उनीसँगै आएका तत्कालीन सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई समेत मन्त्रालयले गाडी पठाएको थिएन ।


    शुक्रवार, श्रावण १२ २०८००२:०२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij