Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वामदेवको रिटमा आज पनि सुनुवाइ

वामदेवको रिटमा आज पनि सुनुवाइ

  • शुक्रवार, आश्विन १६ २०७७

  • 707
    SHARES

  • वामदेवको रिटमा आज पनि सुनुवाइ

    काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमबारे परेको रिट माथि संवैधानिक इजालशमा आज पनि सुनुवाइ हुन लागेको छ । गत १४ गतेदेखि सुरु भएको सुनुवाई हेर्दा हेर्दैमा राखिएकाले आज फेरी निरन्तरता दिइने भएको हो ।

    प्रतिनिधीसभा निर्वाचनमा पराजित नेता गौतमलाई राष्ट्रियसभा सदस्य बनाइनु संविधानको भावना र मर्म विपरित रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ । यसअघि गौतम विरुद्धको रिटमा सर्वोच्च आदलतले अन्तरिम आदेश जारी गर्दै संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।

    गौतमलाई राष्ट्रियसभा सदस्य बनाएकोमा सर्वत्र विरोध भइरहेको छ भने मन्त्री बन्न मिल्ने की नमिल्ने भन्ने बारेमा मतमतान्तर रहेको छ । संविधानको शब्दावली अनुसार मन्त्री बन्न रोकतोक नभएको एउटा पक्षको भनाई छ भने संविधानको भावना र मर्म अनुसार उहाँ मन्त्री बनाउन नमिल्ने अर्काे पक्षको तर्क रहेको छ ।


    शुक्रवार, आश्विन १६ २०७७०९:२१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij