काठमाडौं । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।
सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार पनि सुनको मूल्य तोलाको २ सय रुपैयाँ नै घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ घटे पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।