Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाउने भएपछि संसद बैठक स्थगित

सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाउने भएपछि संसद बैठक स्थगित

  • सोमवार, श्रावण १५ २०८०

  • 550
    SHARES

  • सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाउने भएपछि संसद बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।

    सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । सोमबार सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले छलफलमा आफ्नो कुरा राखेको बताउनुभयो ।

    ‘हामीले हाम्रो कुरा राख्यौ तर कुनै सहमति भएको छैन’, बर्तौलाको भनाइ छ ।


    सोमवार, श्रावण १५ २०८००२:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij