काठमाडौं । कृषि विकास बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीस्थित फुयाल गाउँमा नयाँ शाखा बिस्तार गरेको छ ।
हालै आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, काठमाडौं क्षेत्र नं. २ का प्रदेशसभा सदस्य मणिराम फुयाल, कागेश्वरी नपाका मेयर कृष्णहरि थापालगायतले सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाललगायतको उपस्थिति थियो ।
कोभिड–१९ का कारण औपचारिक रुपमा कार्यालयको उद्घाटन हुन नसके पनि आवश्यक न्यूनतम साबधानी अपनाइ बैंकिङ्ग सेवा सञ्चालनको शुभारम्भ गरिएको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताउनुभयो ।