Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पशुपति क्षेत्र विकास कोषद्वारा मारवाडी सेवा समाजसँगको सम्झौता खारेज

पशुपति क्षेत्र विकास कोषद्वारा मारवाडी सेवा समाजसँगको सम्झौता खारेज

  • बुधवार, श्रावण १७ २०८०

  • 1.0K
    SHARES

  • पशुपति क्षेत्र विकास कोषद्वारा मारवाडी सेवा समाजसँगको सम्झौता खारेज
    काठमाडौं । सरकारले पशुपति क्षेत्रमा मारवाडी सेवा समाजले कौडीको भाउमा प्रयोग गर्दै आइरहेको जग्गाको सम्झौता खारेज गरेको छ । साथै भाडा पुनरावलोकन गरी सम्झौता गर्न १५ दिनको समय सीमा समेत दिएको छ ।
     
    पशुपति क्षेत्र विकास कोषको बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो जग्गामा समाजले पशुपति धर्मशाला चलाइरहेको थियो । मारवाडी सेवा समाजले ९ जेठ २०६० देखि क्षेत्र विकास कोषको गौशालामा रहेको ९ रोपनी जग्गा वार्षिक ५१ हजार रूपैयाँमा प्रयोग गर्दै आइरहेको थियो ।
     
    धर्मशालाको नाममा शुल्क समेत लिँदै आएकोले जनस्तरमा यसको चर्को विरोध भइरहेको बेला कोषले भाडा पुनः मूल्याङ्कन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरेको हो ।
     
    क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्बन्धित संस्थाले गरेको समाज सेवाको मूल्याङ्कन गर्दै नेपालको प्रचलित कानुन, अख्तियार अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलाका आधारमा समय सापेक्ष सम्झौता र दीर्घकालीन समस्या समाधानका लागि बुधबारसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको बताउनुभएको छ।
     
    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान र सर्वोच्च अदालतले समेत भाडा पुनः नवीकरण गर्न निर्देशन दिएका थिए । विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको मन्त्री किराँतीको सचिवालयले जनाएको छ ।


    बुधवार, श्रावण १७ २०८००३:३८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij