Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए २७ सय २२ संक्रमित, काठमाडौँमा मात्रै १६ सयभन्दा धेरै

एकैदिन थपिए २७ सय २२ संक्रमित, काठमाडौँमा मात्रै १६ सयभन्दा धेरै

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.4K
    SHARES

  • एकैदिन थपिए २७ सय २२ संक्रमित, काठमाडौँमा मात्रै १६ सयभन्दा धेरै

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गर्दा २ ह जार ७२२ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार जानकारी दिए ।

    उनका अनुसार आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।

    यस्तै बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    प्रवक्ता गौतमले काठमाडौँमा १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल उपत्यकामा कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

    यस्तै बितेको २४ घण्टामा थप ३३०७ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

    योसँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ।

    यस्तै देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ ।

     


    शुक्रवार, आश्विन १६ २०७७०४:३८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij