Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्रको किन नपरोस् भ्रष्टाचारीलाई छोड्दिन : नारायणकाजी श्रेष्ठ

पार्टीभित्रको किन नपरोस् भ्रष्टाचारीलाई छोड्दिन : नारायणकाजी श्रेष्ठ

  • बिहिवार, श्रावण १८ २०८०

  • 1.5K
    SHARES

  • पार्टीभित्रको किन नपरोस् भ्रष्टाचारीलाई छोड्दिन : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताउनुभएको छ ।

    बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । यस्तै, सरकारले भ्रष्टाचारको फाइल अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा खोलेको बताउनुभयो। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने उहाँको दाबी छ ।

    सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। पछिल्लो समय सुन प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिएको छ।

    माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ। तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन्। यद्यपि, सरकारले छानबिन गरिरहेको छ।

    प्रज्ञा भवन कमलादीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा जारी छ। बुधवारको बैठकमा १८ जना बोलेका थिए।

     


    बिहिवार, श्रावण १८ २०८००२:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij