Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

  • बिहिवार, श्रावण १८ २०८०

  • 485
    SHARES

  • प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी
    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार(आज) परिषद्को बैठक बसेको हो ।
     
    यसअघि मंगलबार पनि परिषद् बैठक बसेकोमा कुनै निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको परिषद् बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र उपसभामुख इन्दिरा राना सहभागी छन् । 
     
    प्रधानन्यायाधीश कार्कीको कार्यकाल २० गते सकिँदै छ । परिषद्ले वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । 


    बिहिवार, श्रावण १८ २०८००५:४३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij