काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरू शुक्रबार(आज)देखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गर्नुभएको थियो । अध्यक्षको प्रस्ताव पारित भएपछि मनोनीत भएका केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका हुन् ।
यी हुन् थपिएका सदस्य
- आङदावा शेर्पा
- इन्दिरा अधिकारी
- उमा कपाली
- उर्मिला विक
- गंगा खड्का
- गिताकुमारी कँडेल चौलागाई
- गिता शाही
- छमकुमारी खनाल
- दिलमाया बुढामगर
- निरमाया श्रीस
- निशा न्यौपाने
- पार्वती थापा
- भगवती तिवारी
- मोतिकली चलाउने
- कुमारी पुन
- लिला शर्मा
- सपना परियार
- सिता दाहाल
- सुशीला घिमिरे
- सुशीला पौडेल
- सूर्यकुमारी विक
- सरु चौधरी