Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

६ महिना मन्त्री बन्न रेशम चौधरीलाई प्रचण्डको प्रस्ताव

६ महिना मन्त्री बन्न रेशम चौधरीलाई प्रचण्डको प्रस्ताव

  • शुक्रवार, श्रावण १९ २०८०

  • 1.2K
    SHARES

  • ६ महिना मन्त्री बन्न रेशम चौधरीलाई प्रचण्डको प्रस्ताव

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ६ महिना भएपनि मन्त्री बन्न प्रस्ताव गरेको बताउनुभएको छ ।

    चौधरीले आफू रिहा हुँदा प्रधानमन्त्री प्रचण्डले ६ महिनाको लागि मन्त्री बन्न प्रस्ताव गरेको बताउनुभएको हो । नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला अधिवेशनमा प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी आफ्नी पत्नीलाई हटाएर आफूलाई मन्त्री बन्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको चौधरीले बताउनुभयो ।

    ‘म रिहा भएको बखत प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको थियो, रेशमजी एउटा अध्याय समाप्त भयो, रञ्जिताजीलाई विश्राम दिएर ६ महिने मन्त्री बन्दिनुहोस्’, चौधरीले भन्नुभयो, ‘मैले रञ्जिताको दुःख देखें, यसको अधिकार रञ्जिताजी हुनुपर्छ भने उहाँलाई नै मन्त्री बनाउनुपर्छ ।’


    शुक्रवार, श्रावण १९ २०८००५:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij