काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनवटा संसदीय समितिको सभापति पाउने भएको छ । सभामुखसहित तीन दलका शीर्ष नेताको बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले लेखासहित तीनवटा समिति सभापति पाउने सहमति जुटेको बताउनुभयो ।
उहाँका अनुसार एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व पाउनेछ ।