Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान, एसपी सञ्जयसिंह थापा तोकिए अधिकृत

सुन तस्करी प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान, एसपी सञ्जयसिंह थापा तोकिए अधिकृत

  • सोमवार, श्रावण २२ २०८०

  • 777
    SHARES

  • सुन तस्करी प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान, एसपी सञ्जयसिंह थापा तोकिए अधिकृत
    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।
     
    त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
     
    सो प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार(हिजो) सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।
     
    यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालय स्रोतले बताएको छ ।
     


    सोमवार, श्रावण २२ २०८००३:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij