Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण

देशभर ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण

  • सोमवार, श्रावण २२ २०८०

  • 601
    SHARES

  • देशभर ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण
    काठमाडौं । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो ।
     
    उहाँले भन्नुभयो, ‘यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म ७ हजार ७ सय ३३ केस रिपोर्ट भइसक्या छ । सबै भन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ ।’
     
    सोमबार(आज) काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताउनुभयो ।  ‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।’ उहाँले भन्नुभयो ।
     
    उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो । डा.मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिनुभयो ।
     
    उहाँले डेंगु सार्ने लामखुट्टे सबै जिल्लामा रहेकाले यसले जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै लामखुट्टेको लार्भा नष्ट अभियानमा जुट्न आग्रह गर्नुभयो ।
     
    स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निः शुल्क हुने गरेको बताउनुभयो ।
     
    उहाँले भन्नुभयो, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो नि ः शुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हुन्छ । ‘
    डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
     
    नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो । गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ ।
     


    सोमवार, श्रावण २२ २०८००४:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij