Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन

संसद् खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन

सभामुखसहितको बैठक भोलि पुनः बोलाइयो
  • सोमवार, श्रावण २२ २०८०

  • 641
    SHARES

  • संसद् खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक पनि निष्कर्षविहीन
    काठमाडौं । सदनको अवरोध हटाउन सोमबार बसेको प्रमुख दलका शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन टुंगिएको छ। 
     
    सभामुख देवराज घिमिरेको निमन्त्रणामा सोमबार(आज) दिउँसो तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा बसेका थिए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त छलफलमा सहमति नजुटेपछि बैठक साढे ३ बजे पुनः बोलाइएको थियो।
     
    तर दोस्रोपटक पनि सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबार(भोलि) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सभामुख घिमिरेले जानकारी दिनुभयो।
     
    एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। तर सरकार उच्चस्तरीय छानबिन बनाउन सकारात्मक देखिएको छैन। आजपनि दिउँसो १ बजे निर्धारित संसद् सहमति नभएपछि चल्न सकेन। 
     
    तर सहमति नजुटेपछि बैठक दिउँसो साढे ३ बजे बोलाइ ४ बजेसम्मका लागि संसद् स्थगित गरिएको थियो। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
     
    बैठकपछि सभामुख घिमिरेले भोलिको बैठकमा सदन खुलाउनेबारे सहमति हुने आशा व्यक्त गर्नुभयो । उहाँले आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको बताउनुभयो। 


    सोमवार, श्रावण २२ २०८००५:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij