Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने, यस्तो भयो सहमति

एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने, यस्तो भयो सहमति

  • मंगलवार, श्रावण २३ २०८०

  • 4.5K
    SHARES

  • एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने, यस्तो भयो सहमति

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।

    उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।

    बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका समेतक महेश बर्तौलाले बताउनुभयो । उहाँले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताउनुभयो ।

    गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने उहाँले बताउनुभयो। बर्तौलाले सरकारले प्रतिपक्षलाई गलाउने नीति लिएको बताउनुभयो । सरकारले प्रतिपक्ष दलहरूबीच पनि फाटो ल्याउने नीति बनाएको जिकिर गर्नुभयो ।

     


    मंगलवार, श्रावण २३ २०८००२:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij