काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ०२ पैसा र बिक्री दर ८७ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर