Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीले पक्ष–विपक्षको भाषण सुनाए, अब प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ : एमाले सांसद चौधरी

गृहमन्त्रीले पक्ष–विपक्षको भाषण सुनाए, अब प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ : एमाले सांसद चौधरी

  • बुधवार, श्रावण २४ २०८०

  • 796
    SHARES

  • गृहमन्त्रीले  पक्ष–विपक्षको भाषण सुनाए, अब प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ : एमाले सांसद चौधरी
    काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताउनुभएको छ । उहाँले गृहमन्त्रीले हिजो संसद्मा दिएको जवाफ पक्ष–विपक्षको भाषण सुनाए जस्तो लागेको टिप्पणी गर्नुभयो । 
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ चौधरीले गृहमन्त्रीले सीआईबी वा अरू निकायलाई स्वतःस्फूर्त काम गर्न दिन्छौं पनि नभनेर भाषण मात्रै गरेकाले अब प्रधानमन्त्रीले प्रस्ट र चित्तबुझ्दो जवाफ दिनुपर्ने जिकिर गर्नुभयो । यसो नभए कुनैपनि हालतमा संसद् चल्न नदिने उहाँको दाबी छ । 
     
    उच्चस्तरीय छानबिन समिति गठन नै एमालेको ‘बटमलाइन’ भएको पनि चौधरीले बताउनुभयो । एमालेको अरू कुनै काम छैन, खालि संसद् अवरोध भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यति धेरै सुन ल्याउँदाखेरि भरियालाई मात्र समातेर हुन्छ ? उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्दा सबै दोष एमालेलाई दिने ? संसद् चल्न नदिनु पनि कामै हो नि । हामीले बिना कारण संसद् अवरोध गरेको हो र ?’
     
    सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै साउन १० गतेयता एमालेले संसद् अवरोध गर्दै आएको छ ।


    बुधवार, श्रावण २४ २०८००८:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij