Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै

नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै

  • सोमवार, श्रावण २९ २०८०

  • 871
    SHARES

  • नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै हुनुहुन्छ । भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल भ्रमण छोट्याएर आज स्वदेश फर्कन लाग्नुभएको हो।

    एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुने छ । एक साताअघि युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि जानुभएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुग्नुभएको हो ।

    पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरेपछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आउनुभएको थियो । 

    युरोपबाटै उहाँले आफू निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आउनुभएको छ । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।


    सोमवार, श्रावण २९ २०८००७:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij