Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक बस्दै ,यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै ,यस्तो छ सम्भावित कार्यसूची

  • सोमवार, श्रावण २९ २०८०

  • 510
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै ,यस्तो छ सम्भावित कार्यसूची
    काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सोमबार(आज) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
     
    आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 
     
    बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
     
    एक सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेयता संसद्मा अवरोध गर्दै आएको छ । आजको बैठक पनि एमालेले  अवरुद्ध गर्ने आशंका कायमै छ ।
    samsad.png
     


    सोमवार, श्रावण २९ २०८००७:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij