Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अदालतको के काम?’

‘उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अदालतको के काम?’

  • सोमवार, श्रावण २९ २०८०

  • 651
    SHARES

  • ‘उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अदालतको के काम?’
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख प्रतिपक्ष नेकपा एमालेले बिना प्रमाण संसद्लाई बन्धक बनाइरहेको आरोप लगाउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै शाहीले उहाँले भन्नुभयो, ‘कुनै एउटा घटनाका लागि आयोग बनाउनु उचित होइन । एमालेले भने अनुसार उच्चस्तरीय छानबिन समिति बनाउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण आयोग, विशेष अदालतको के काम ? ती सबैलाई विघटन गरी सांसदहरूको आयोग बनाएर छानबिन गरौं न त,।’ 
     
    सांसद शाहीले विगतका बनेका कुनै पनि छानबिन आयोगबाट परिणाम ननिस्केको दृष्टान्त पनि दिनुभयो । उहाँले एमालेले प्रमाणबिना संसद्लाई बन्धक बनाउनु, सरकारलाई चल्न नदिनु विधेयक पारित गर्न नदिनु गलत भएको दाबी गर्नुभयो ।
     
    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री र मन्त्रीलाई मात्र होइन राष्ट्रपतिको पनि बयान लिने अधिकार रहेको उहाँले बताउनुभयो । 
     
    साथै उहाँले उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा नडराउन र हठ नलिन सरकारलाई सुझाव दिएको पनि सांसद शाहीले बताउनुभयो । उहाँले कुनै दलको स्पष्ट बहुमत नभएकाले मन्त्रिपरिषद् पुनर्गठन अझै धेरैचोटि हुने अवस्था रहेको पनि औंल्याउनुभयो । 
     


    सोमवार, श्रावण २९ २०८००८:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij