Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा सरकारलाई सघाउँछु, बोलाउन पनि भनेको छुँ : महरा

सुन तस्करी प्रकरणमा सरकारलाई सघाउँछु, बोलाउन पनि भनेको छुँ : महरा

  • मंगलवार, श्रावण ३० २०८०

  • 463
    SHARES

  • सुन तस्करी प्रकरणमा सरकारलाई सघाउँछु, बोलाउन पनि भनेको छुँ : महरा

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनुभएको छ ।

    दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनुभएको हो ।

    ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छुँ। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’

    उहाँले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताउनुभयो। त्यसबाहेक उनलाई आफूले नचिनेको महराको भनाइ छ ।

    तर, महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नुभयो । उहाँले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गर्नुभयो । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताउनुभयो ।

    ‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नुपर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो,’ उहाँले भन्नुभयो, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’


    मंगलवार, श्रावण ३० २०८००१:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij