Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुत्केरी सहित थप तीनजना कोरोना संक्रमितको मृत्यु

सुत्केरी सहित थप तीनजना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, आश्विन १८ २०७७

  • 2.2K
    SHARES

  • सुत्केरी सहित थप तीनजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट एकजना सुत्केरीको मृत्यु भएको छ। कञ्चनपुरकी २९ वर्षीया महिलाको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुुभएको छ ।

    सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव नरोकिएकाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर भएपछि उनको उपचार भईरहेको थियो।उनलाई असोज १३ गते कोरोना संक्रमण भएको थियो।

    यस्तै, चितवनमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्युु भएको छ । भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको हो ।

    चितवनको कालिका नगरपालिका–७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुु भएको छ । असोज १६ गते उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो।

    यसैबिच, गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो ।

    उनमा श्वासप्रश्वास तथा कलेजोमा समस्या देखिएकोमा उपचारक्रममा मृत्यु भएको हो । यसैगरी, गण्डकी प्रदेशमा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

     

     

     


    आइतवार, आश्विन १८ २०७७०९:५०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij