Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायत र भियतनामका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

बेलायत र भियतनामका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

  • बिहिवार, श्रावण ३२ २०८०

  • 584
    SHARES

  • बेलायत र भियतनामका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि बेलायतका र भियतनामका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
     
    बिहीबार(आज) आयोजित एक समारोहमा उक्त देशमा राजदूतले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ ।
     
    संयुक्त अधिराज्य (बेलायत)का तर्फबाट आवासीय राजदूत रोबर्ट डोमीनीक रुसेल र भियतनामका तर्फबाट गैरआवासीय राजदूत न्यूग्एन थान हाइले ओहदाको प्रमाणपत्र पेस गर्नुभएको हो । 
     
    उक्त समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ । 
     
    नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
    rastrapati bata (1)1692268093.png


    बिहिवार, श्रावण ३२ २०८००४:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij