Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब आयात

रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब आयात

  • शुक्रवार, भाद्र १ २०८०

  • 748
    SHARES

  • रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब आयात

    काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयातमा आकर्षक वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा २१।२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स आयात भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४।८ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो ।

     


    शुक्रवार, भाद्र १ २०८००१:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij