काठमाडौं । प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आज ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।
यससँगै, प्रधानमन्त्रीको सचिवालयका कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रेसविज्ञ बजगाईँले हाल आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र सम्पर्कमा आएकालाई परीक्षण गर्न आग्रह गर्नुभएको छ ।
