काठमाडौं । सहारा विकास बैंक गरिमा विकास बैंकमा गाभिएको छ । हालै यी दुई बैंकबीच सम्झौंता भएअनुसार सहारा विकासमा गाभिएको हो ।
सर्लाहीमा प्रधान कार्यालय रहेको सहारा बैंक आफ्नो बैंकमा गाभिएसँगै अब यसले देशव्यापी रुप लिएको गरिमाका डेपुटी सिइिओ माधव आचार्यले बताउनुभएको छ ।
‘हाल देशभर सातै प्रदेशका १०२ शाखाबाट सेवा प्रवाह गरिरहेको गरिमा अब पूर्णरुपमा हिमाल, पहाड र तराईको बैंक भएको छ’, उहाँले भन्नुभयो ।
०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमामा यसअघि म्याग्दीको निलगिरी र चितवनको शुभेच्छा विकास बैंक गाभिएका थिए ।