Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इन्धन बोकेको भ्यानसँग बस ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

इन्धन बोकेको भ्यानसँग बस ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

  • आइतवार, भाद्र ३ २०८०

  • 836
    SHARES

  • इन्धन बोकेको भ्यानसँग बस ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

    आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् ।

    फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

    उद्धारकर्मीहरुले घाईतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।


    आइतवार, भाद्र ३ २०८००५:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij