Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सवा ६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सवा ६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • सोमवार, भाद्र ४ २०८०

  • 702
    SHARES

  • सवा ६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब सवा ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

    परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भुक्तानी गर्ने उल्लेख छ ।

    जसअनुसार ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ९१ दिने र २ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (भदौ ४ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

    पछिल्लो पटकको बोलकबोलमा ६.४८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.७२ प्रतिशत र सबैभन्दा कम ५.८५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

    अहिले राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

     


    सोमवार, भाद्र ४ २०८००२:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij