Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित

प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित

  • मंगलवार, भाद्र ५ २०८०

  • 469
    SHARES

  • प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सरेको छ।

    संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक सभामुखले विशेष कारणले भोलि बुधबार दिउँसो ३ बजे बस्ने गरी तोकेको जनाएको छ।

    दलहरूबीच सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएपनि त्यसको कार्यक्षेत्र र संरचनाको मस्यौदा टुंगिन बाँकी छ।

    समितिको संरचना र कार्यक्षेत्रबारे मस्यौदा तयार पार्न नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

    कार्यदलले मस्यौदा बनाइसके पनि उच्चस्तरीय समितिको बैठक बस्न नसक्दा टुंगो लाग्न सकेको छैन। त्यसैका कारण संसद बैठक भोलिका लागि सारिएको नेताहरूको भनाई छ।


    मंगलवार, भाद्र ५ २०८००३:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij