Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : एक महिनापछि जाँचबुझ आयोग गठन गर्ने सहमति

सुन तस्करी प्रकरण : एक महिनापछि जाँचबुझ आयोग गठन गर्ने सहमति

  • बुधवार, भाद्र ६ २०८०

  • 604
    SHARES

  • सुन तस्करी प्रकरण : एक महिनापछि जाँचबुझ आयोग गठन गर्ने सहमति

    काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

    कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताउनुभयो। यो सहमति भएसँगै अब सदन खुल्ने उहाँको भनाइ थियो ।

    सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।

    सीआईबीले आफ्नो कामलाई निरन्तरता दिनको लागि एक महिनापछि आयोग गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।


    बुधवार, भाद्र ६ २०८००२:१९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij