Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोरु काटेर खाएको विवाद : धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

गोरु काटेर खाएको विवाद : धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

  • शुक्रवार, भाद्र ८ २०८०

  • 2.3K
    SHARES

  • गोरु काटेर खाएको विवाद : धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ
    काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । शुक्रकार(आज) राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । 
     
    उहाँका अनुसार, धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।
     
    ‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
     
    धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
     
    यसैबिच, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आपसी सद्भाव र एकता कायम राख्न नगरबासीलाई अपिल गर्नुभएको छ। 
     
    मेयर राईले आज  वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताउनुभएको हो । यसअघि बिहीबार पूर्व मेयरहरूले पनि वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न आग्रह गरेका थिए ।
    Dao-Sunsari-death.jpg
     


    शुक्रवार, भाद्र ८ २०८००४:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij