Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा भोलिदेखि पेशी तारिख स्वचालित प्रणालीबाट हुन्छ : श्रेष्ठ

सर्वोच्चमा भोलिदेखि पेशी तारिख स्वचालित प्रणालीबाट हुन्छ : श्रेष्ठ

  • आइतवार, भाद्र १० २०८०

  • 1.3K
    SHARES

  • सर्वोच्चमा भोलिदेखि पेशी तारिख स्वचालित प्रणालीबाट हुन्छ : श्रेष्ठ

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ ।

    संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आइतबार आयोजित कार्यक्रममा उहाँले भोलि (सोमबार)देखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।

    ‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उहाँले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताउनुभयो ।

    उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


    आइतवार, भाद्र १० २०८००४:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij