काठमाडौं। क्रिकेटमा पनि ’रेड कार्ड’ को प्रयोग सुरु भएको छ। वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ’स्लो ओभर रेट’का कारण पहिलोपटक ’रेड कार्ड’ को लागु भएको हो।
आइतवार ट्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेलमा राइडर्सले ’रेड कार्ड’ पाएको हो। नेभिस प्याट्रियट्सबीचको खेलमा बलिङ गरेको राइडर्स आफ्नो अन्तिम तीन ओभरको खेल शुरु हुने बेलामा आवश्यक ओभर रेट भन्दा पछि थियो ।
यही कारण अम्पायरले टिमलाई ’रेड कार्ड’ देखाए र कप्तान कायरन पोलार्डको आग्रहमा स्पिनर सुनिल नरायन मैदानबाट बाहिर जानुप¥यो। त्यसबेला नरायनले आफ्नो चार ओभर पूरा गरिसकेका थिए।
खेलको अन्तिम ओभरमा टिमले १० जना खेलाडीका साथ फिल्डिङ गरेको थियो। यो खेलमा राइडर्स छ विकेटले विजयी भयो। क्रिकेटमा ’रेड कार्ड’ प्रयोग भएको यो पहिलो पटक हो।