Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इमरान खानलाई तत्काल रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

इमरान खानलाई तत्काल रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

  • मंगलवार, भाद्र १२ २०८०

  • 1.1K
    SHARES

  • इमरान खानलाई तत्काल रिहा गर्न इस्लामावाद उच्च अदालतको आदेश

    काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाएको छ । साथै उनलाई तत्काल रिहा गर्न पनि आदेश दिएको छ ।

    जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । ‘फैसलाको कपी छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई यति भन्छु, यो ९खानको० अपील स्वीकार गरिएको छ’, मुख्य न्यायाधीश फारुकले भने ।

    पाकिस्तानी अनलाइन डनका अनुसार तर खान कहिले छुट्छन् भन्ने खुलेको छैन । खानको दल पीटीआईले भने उनलाई आजै रिहा गर्न माग गरेको छ ।

    ५ अगष्टमा खानलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो । खानकी पत्नीले विदेशी नेताबाट पाएको उपहार बेचेर भएको आम्दानीबारे जानकारी नदिएको भन्दै निर्वाचन आयोग अदालत गएको थियो । यसमा दोषी ठहर भएसँगै उनी ५ वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य भएका थिए ।

    आदेश लगतै उनलाई पक्राउ गरिएको उनलाई अटक जेलमा राखिएको छ ।

     


    मंगलवार, भाद्र १२ २०८००४:०३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij