Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसियाकप क्रिकेट आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानसँग खेल्दै

एसियाकप क्रिकेट आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानसँग खेल्दै

  • बुधवार, भाद्र १३ २०८०

  • 746
    SHARES

  • एसियाकप क्रिकेट आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानसँग खेल्दै

    काठमाडौं । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

    यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

    नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

    मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेका छन् ।

     


    बुधवार, भाद्र १३ २०८००७:०८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij