Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसिया कप हेर्न आज २ बजेपछि विद्यालयहरू बन्द

एसिया कप हेर्न आज २ बजेपछि विद्यालयहरू बन्द

  • बुधवार, भाद्र १३ २०८०

  • 1.3K
    SHARES

  • एसिया कप हेर्न आज २ बजेपछि विद्यालयहरू बन्द

    काठमाडौं। पाकिस्तानमा आज हुन लागेको एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबिचको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बिदा दिएको छ ।

    उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी आज दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिनु भएको हो ।

    आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। १५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ ।

    औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी–२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो ।

    टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत प्रतियोगितामा डेब्यू गर्दैछ।

    371143170_608971484728499_6945828988191967525_n_nuwvT3YUzE.jpg

     


    बुधवार, भाद्र १३ २०८००२:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij