Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगु संक्रमितको सङ्ख्या २१ हजारभन्दा बढी नाघ्यो

डेंगु संक्रमितको सङ्ख्या २१ हजारभन्दा बढी नाघ्यो

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.0K
    SHARES

  • डेंगु संक्रमितको सङ्ख्या २१ हजारभन्दा बढी नाघ्यो

    काठमाडौं । डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । डेंगु संक्रमित २१ हजारभन्दा बढी नाघेको छ ।

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तंथ्यांक अनुसार २१ हजार २०६ जनामा संक्रमण भएको छ ।

    गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम प्रदेश ५९८, लुम्बिनी प्रदेश ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    ईडीसीडीले डेंगु संक्रमित एक सयभन्दा बढी पुष्टि भएका १० जिल्ला छुट्याएको छ । १० जिल्ला मध्ये सबैभन्दा बढी सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमित भएको महाशाखाले जनाएको छ ।

    दोस्रोमा २२ सय ४२ केस मोरङमा पुष्टि भएको छ । त्यसपछि २ हजार १०१ केश धनगढीमा पुष्टि भएको छ । क्रमशः १३ सय २३ झापा, ४२७ काठमाडौँ, ३३६ धनकुटा, २७२ सङ्खुवासभा, २६० कास्की, १९४ दार्चुला र १७४ जनामा ललितपुरमा पुष्टि भएको ईडीसीडीकोले जनाएको छ ।

     


    बिहिवार, भाद्र १४ २०८००४:०३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij