Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

  • शुक्रवार, भाद्र १५ २०८०

  • 525
    SHARES

  • परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ ।

    परराष्ट्रमन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

    उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।


    भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालहरूसँग छलफल गर्ने छन् ।

    दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने छन् ।


    शुक्रवार, भाद्र १५ २०८००३:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij