Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बालुवाटारको जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान पुरा, आइतबारदेखि थुनछेक

बालुवाटारको जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान पुरा, आइतबारदेखि थुनछेक

  • शुक्रवार, भाद्र १५ २०८०

  • 527
    SHARES

  • बालुवाटारको जग्गा हिनामिनामा संलग्न १७ जनाको बयान पुरा, आइतबारदेखि थुनछेक

    काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । एक जनाको बयान जारी रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

    न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् । समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।

    शुक्रबार घिमिरेको बयान सकिने जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताउनुभयो। भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुन्छ ।

    बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।

    थुनामा रहेका प्रतिवादी

    १. मिन बहादुर गुरुङ, भाटभटेनी सुपर मार्केटका संचालक

    २. लोकहरी घिमिरे, कार्यालय प्रमुख समरजंग कम्पनी

    ३. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

    ४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव

    ५. घमान कुमारी कार्की, नापी सर्भेक्षक

    ६. बाबुराजा महर्जन, नक्कली मोही

    ७. देव नारायण महर्जन, मोही

    ८. ध्रुब प्रसाद अर्याल, नापी सर्भेक्षक

    ९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत

    १०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत

    ११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग

    १२. बालकृष्ण श्रेष्ठ, सीडिई भौतिक योजना तथा निर्माण मन्त्रालय

    १३. बिनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी

    १४. केशव तुलाधर, बिचौलिया

    १५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग

    १६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत

    १७. सञ्जय महर्जन, नक्कली मोही

    १८. सकलानन्द महर्जन, नक्कली मोही


    शुक्रवार, भाद्र १५ २०८००४:५२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij