Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

  • आइतवार, भाद्र १७ २०८०

  • 503
    SHARES

  • कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइएको छ।

    आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो।

    एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोश प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो।

    मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

    सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो।


    आइतवार, भाद्र १७ २०८००२:००:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij