Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोशीको मुद्दा न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

कोशीको मुद्दा न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

  • सोमवार, भाद्र १८ २०८०

  • 574
    SHARES

  • कोशीको मुद्दा न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

    आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो। आजको पेशी न्यायाधीशहरु कुमार चुडाल, नहकुल सुवेदी र सपना मल्ल प्रधानको इजलासमा तोकिएको छ। पूर्ण इजलासमा एउटा मात्र मुद्दा रहेको छ।

    मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

    सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गर्नुभएको छ ।

    मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसदमात्र हुने भएपछि ४७ सदस्य पुर्याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्‍राइल मन्सुरीले मतदान गर्नुभएको थियो । भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिनुभएको थियो ।


    सोमवार, भाद्र १८ २०८००१:५९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij