Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीको सोधपुछ

सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीको सोधपुछ

  • मंगलवार, भाद्र १९ २०८०

  • 604
    SHARES

  • सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीको सोधपुछ
    काठमाडौं । सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सोधपुछ गरेको छ ।
     
    सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दीपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।
     
    दावा छिरिङसँग दीपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरू आइरहेका छन् । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेका छन् । त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस छ । छिरिङसहित चिनियाँ टोलीलाई लिएर दीपेश गोसाइँकुण्डसम्मको हवाई यात्रामा गएको पनि सार्वजनिक भएको थियो ।


    मंगलवार, भाद्र १९ २०८००२:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij