Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फोहोर व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

फोहोर व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, भाद्र १९ २०८०

  • 554
    SHARES

  • फोहोर व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । 
     
    मंगलबार(आज) दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गर्नुभएको हो । 
     
    बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।
     
    बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जानकारी गराउनुभयो । 
     
    प्रधानमन्त्रीले भन्नुभयो, “संघीय सरकार काठमाडौं उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद् बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ।”
     
    प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिनुभयो । 
     
    छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।
     


    मंगलवार, भाद्र १९ २०८००४:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij