Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाइयो

परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाइयो

  • बुधवार, भाद्र २० २०८०

  • 737
    SHARES

  • परराष्ट्रमन्त्री एनपी साउदलाई समितिमा बोलाइयो

    काठमाडौं । नेपालमा कूटनीति किचलो बढ्दै गएपछि प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई समितिको बैठकमा बोलाएको छ ।

    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, चीनले जारी गरेको नक्सामा राखेको नेपालको नक्सा, नयाँ नक्साको बारेमा परराष्ट्र मन्त्री र पूर्व परराष्ट्रमन्त्री बीच बाझिएको कुरालगायतको विषयमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीलाई बोलाइएको समितिका सभापति राजकिशोर यादवले बताउनुभयो।

    समितिबाट परराष्ट्र मन्त्रालयलाई खबर गएको छ, भोली ११ बजेका लागि बैठक बोलाइएको उहाँले बताउनुभयो ।


    बुधवार, भाद्र २० २०८००२:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij