Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरोधी अभियान चलाएपछि मलाई हटाउन खोजियो : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरोधी अभियान चलाएपछि मलाई हटाउन खोजियो : गृहमन्त्री श्रेष्ठ

  • बुधवार, भाद्र २० २०८०

  • 671
    SHARES

  • भ्रष्टाचारविरोधी अभियान चलाएपछि मलाई हटाउन खोजियो : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको दाबी गर्नुभएको छ ।

    सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा आइरहेको बेलामा उहाँले यस्तो बताउनुभएको हो ।

    चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भन्नुभयो, ‘भ्रष्टाचार संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियानमा असफल पार्ने र यो अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोज्दैछन् ।’

    ६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको उहाँले बताउनुभयो।

    उहाँले यो सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने सुनाउनुभयो। श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्‍याउने बताउनुभयो।


    बुधवार, भाद्र २० २०८००२:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij